राज्यमन्त्री उमेश श्रेष्ठले भने – निजी अस्पताललाई सेवामुखी बनाउँछु

हेल्थपोस्ट नेपाल
 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निजी अस्पताललाई सेवामुखी बनाइने बताएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले कोरोना महामारीसँग जुध्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए। श्रेष्ठले आगामी दिनमा सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउन निजी स्वास्थ्य स‌ंस्थालाई नाफामुखी नभइ सेवामुखी बनाइने बताए।

श्रेष्ठले वर्तमान सरकारले खोपलाई बढी प्राथमिकतामा राखेको भन्दै खोपको आयात र भण्डारणलाई वृद्धि गरिने बताए। नेपाललाई ५ करोड ५० लाख मात्रा खोप आवश्यक भएको भन्दै उनले पूर्वसरकारको पालामा ९७ लाख खोप आएको र असारमसान्तसम्म ४२ लाखलाई खोप लगाइएको बताए।

उनले बुधबारसम्म ७५ लाखलाई खोप लगाइसकिएको बताए।

वर्तमान सरकारले खोप अभियानमार्फत दैनिक साढे १ लाख देखि २ लाखसम्मका लागि लगाइरहेको बताए। अब असोज मसान्तसम्म भुटानसहित विभिन्न देशबाट गरी १ करोड ८ लाख खोप आउने बताए। उनले असोजसम्ममा ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने बताए।

ठूला अस्पतालको स्तर वृद्धि गर्दै गरिब जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य दरबन्दी थप गरिने श्रेष्ठले बताए। खोप व्यवस्थापनलाई उमेर समूह र ‘इकोनोमिक एक्टिभिटिज’ का आधारमा वितरण गरिने बताए। अबको प्राथमिकतमा विद्यार्थी रहने उनले बताए।

१५/१६ जिल्लाामा कोरोना स‌ंक्रमणको अवस्था बढी रहेको भन्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ति जिल्लामा खोप कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताए।

श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १७० खोप आइसकेको भन्दै ३ करोड ३६ लाख ७१ हजार ९५० आउने चरणमा रहेको बताए। असोजसम्म १ करोड २ लाख प्राप्त हुने भन्दै उनले माघसम्म ५ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए। हालसम्म ४५ लाख ७० हजार ५५३ जनालाई पहिलो मात्रा खोप लगाइसकिएको भन्दै उनले २८ लाख ८८ हजार ३६० लाई पूर्णमात्राको खोप लगाइसकेको उल्लेख गरे।

उनले आगामी लहरले बालबालिकालाई बढी असर पर्ने बताइएकाले अस्पतालमा आइसियुसहितका सुविधा थप्न लागेको बताए।



One thought on “राज्यमन्त्री उमेश श्रेष्ठले भने – निजी अस्पताललाई सेवामुखी बनाउँछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *