अघिल्लो सरकारले ९७ लाख मात्र खोप ल्याएको हो – राज्यमन्त्री उमेश श्रेष्ठ

हेल्थपोस्ट नेपाल
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख काेराेना खोप प्राप्त गरेको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए।

‘नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख र्पुयाएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘ हरेक दिन २ लाखभन्दा बढी नागरिकलाई खोप दिइरहेका छौं।’

उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको दाबी समेत गरे।

मन्त्री श्रेष्ठले तेस्रो लहरलाई मध्नजर गर्दै थप आइसियू र भेन्टिलेटरको व्यवस्थापनमा जुटेको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *