अनुमति पाएको तीन महिना बित्तिसक्दा पनि निजी क्षेत्रले किन कोरोना खोप भित्र्याउन सकेनन् ?

हेल्थपोस्ट नेपाल

 

सरकारले कोरोना खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिएपनि तत्कालै आउने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन्।

गत चैतको पहिलो सातामा निजी क्षेत्रले खोप ल्याउनका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको थियो।

तर, तीन महिना बित्तिसक्दा पनि निजी क्षेत्रले कोरोना खोप ल्याउन सकेका छैइनन्।

सरकारले खोप खरिद सम्बन्धि निजी क्षेत्रलाई मापदण्ड तोकेको थियो।

जसमा खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्र अनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी बिक्री गर्न पाउने जनाएको छ।

औषधि व्यवस्था विभागले तीन वटा आयतकर्ता लार्ई खोपका खरिदका लागि अनुमति दिइसकेको छ।

जसअनुसार हुकम डिस्ट्रिब्युटर्सले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप अनुमति लिइसकेको छ।

त्यसैगरी, भारतकै बायोएनटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ खोप ल्याउन इमराल्ड फर्माले अनुमति पाएको छ भने रसियन खोप ‘स्पुतनिक भी’ खोपको आयातका लागि लोमस फर्माले अनुमति पाइसकेको छ।

निजी कम्पनीले किन खोप ल्याउन सकेनन्?

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ तथा भारतकै बायोएनटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ खोपका लागि सर्वोच्च अदालतले नै विक्रि–वितरण गर्न रोक लागेको छ।

‘खोप आयातका लागि हालसम्म हुकम, इमराल्ड र लोमसले अनुमति पाइसकेका छन्। तर, अहिलेसम्म पनि खासै आउने प्रक्रिया रहेको देखिँदैन,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने।’

भारतमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँ उत्पादन हुने खोपहरु निर्यातमा रोक लगाइएको छ।

सरकार संक्रिय रूपमा नलागेको खण्डमा खोप खरिदको गर्न नसकिने केसीको भनाई छ।

‘विश्व स्वास्थ्य संगठनले आपतकालिन अनुमति दिने बित्तिकै खोपको माग धेरै हुने देखिएको छ,’ केसीले भने, ‘ त्यसकारण पनि हामी जस्ता राष्ट्र प्राथमिकता नपर्ने देखिएको छ।’

उत्पादन क्षमता, उपलब्धता र प्रयोगको हिसाबले निजी क्षेत्रले खरिद गर्ने सक्ने अवस्था नभएको केसी बताउँछन्।

सरकारी स्तरको प्रयासबाट ल्याउन समस्या भइरहेको अवस्थामा निजी क्षेत्रलाई खोप ल्याउन झनै कठीन भइरहेको उनको भनाई छ।

‘जबसम्म विकसित राष्ट्रले खोपको उत्पादनमा वृृद्धि हुन्छ। त्यसपछि उपलब्ध हुनसक्छ,’ केसीले भने, ‘हामीले खरिदका लागि निजी क्षेत्रलाई अनुमति दियौं। तर, ल्याउन सकिने अवस्था देखिएन।’

व्यवसायी के भन्छन्?

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ तत्कालै आफूहरूले खोप खरिद गरेर भित्र्याउन अवस्था नरहेको बताउँछन्।

‘सरकारले टु सरकारसँग खरिद प्रक्रिया गर्दा पनि खोप ल्याउन सकिरहेको छैन। हामीले प्रायस गरिरहेका छौं। तर, सफल भएका छइनौं,’ श्रेष्ठले भने।’

तर, परराष्ट्र मार्फत सरकारले सहजिकरण गरे खण्डमा निजिलाई खोप ल्याउन सजिलो हुने उनको भनाई छ।

‘सरकारबाट सहजीकरण गरेमा हामीलाई खोप ल्याउन सजिलो हुन्छ। तर, कुरामा सरकारबाट सहयोग भएन,’ उनले थपे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *