बुधबार ३८ हजार भन्दा बढी सक्रिय संक्रमित, ३० को मृत्यु

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन्।

सोही अवधिमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ। बुधबार ३८ हजार ३३ सक्रिय संक्रमित छन्।

तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा र  संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयकाे अनुसार ३ हजार २२० भने ७९६ जना आइसियुमा र १८४ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेकाे छ।

देशभर ३९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *