त्रिविका विद्यार्थीले कोरोना खोप पाउने, यी हुन् खोप केन्द्र ?

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ।

बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय सो निर्णय गरेको हो।

करिब तत्काललाई ६० हजार विद्यार्थी परीक्षा दिने निर्णय भएको सचिव डा. रोसन पोखरेलले जानकारी दिए।

‘हामीले अहिले जोखिमको आधारमा परीक्षा सहभागी हुने ६०  हजार विद्यार्थीलाई खोप दिने निर्णय भएको छ,’ डा. पोखरेलले भने, ‘ प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था मिलाएका छौं।’

प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताए।

‘अहिले जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिने निर्णय गरेको छ,’ डा. पौडेलले भने।

साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

कोरोना संक्रमण वृद्धि भइरहेका बेला त्रिविलगायत विश्वविद्यालय विद्यार्थीलाई भौतिक रूपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेका छन्।

समाजशास्त्र संकाय स्नातकोत्तर तहका विद्यार्थीले ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै  प्रदर्शन गर्दै  आएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *