कोरोना खोप भन्दै नर्सले स्लाइन पानी दिएपछि

हेल्थपोस्ट नेपाल

जर्मनीको फ्राइसल्याण्डमा झण्डै ८ हजार ६०० मानिसलाई कोरोना भाइरसविरुद्धको खोप भन्दै स्लाइन पानी लगाइएको छ।

रेडक्रसका एक नर्सले खोप लगाउन आएका मानिसहरुलाई कोरोना खोप भन्दै स्लाइन लगाइदिएकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

जर्मनीका सरकारी अधिकारीले ती मानिसलाई पुन: खोप लगाउन आग्रह गरेका छन्।

स्लाइन लगाउँदा स्वास्थ्यमा केही असर हुँदैन।

नर्सले किन यसो गरिन् भन्ने खुलिनसकेको तर, उनको खोपप्रतिको नकरात्मक सोच यसको कारण हुनसक्ने प्रहरीले बताएको छ। उनले सामाजिक सञ्जालमा गरेका पोष्टबाट प्रहरीले त्यस्तो अनुमान गरेको हो।

उनलाई कस्तो खालको सजाय हुन्छ भन्ने हालसम्म तय गरिएको छैन।

प्रहरीले नर्सलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ। यस्तै घटना केही महिनाअघि भारतमा पनि घटेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *