नक्कली डाक्टर विजयश्याम रञ्जित तीन लाख धरौटीमा रिहा

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकाको नाम चलेका अस्पतलामा ‘नक्कली’ प्रमाणपत्र बनाएर काम गर्ने डा. विजयश्याम रञ्जित धरौटीमा रिहा भएका छन्।

रञ्जितलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी मंगलबार रिहा भएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रञ्जितलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

सिआइबीले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको किर्ते गरेको आरोपमा साउन १०मा पक्राउ गरेको थियो।

नक्कली लाइसेन्स बनाएर बिरामी जाँदै आएका उजुरी परेपछि सिआइबिको नजर रञ्जित माथि २०७१ सालदेखि नै परेको थियो।

तर, उनले सिबिआइबिको नजर आफूमाथि थाहा पाएपछि लुकीछिपी बस्दै आएका थिए।

नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि सिआइबीले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएपनि उनी फेला परेका थिएनन्।

उनी काउन्सिलले लिएको लाइसेन्स परीक्षामा सहभागी भई अनुतीर्ण भएका थिए। परीक्षामा अनुतीर्ण भएपछि उनले काउन्सिलको दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई रजिष्ट्रारको दस्तखत समेत गरेका थिए।

रिहा भएका  नक्कली डाक्टर रंजित केही समय अघिसम्म ग्राण्डी अस्पतालमा काम गर्दै आएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *