काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्यो, आज मात्रै एक हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप १ हजार १८६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनालाई संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १ सय १५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
मंगलबार देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३३ हजार ९८५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३४७ भने ७६१ जना आइसियुमा र १८१ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयको जनाएको छ। देशभर ३८१ जना क्वारेन्टाइनमा छन्।