एकैदिन ४ हजारभन्दा बढी संक्रमित थपिए, ३५ को मृत्यु

हेल्थपोस्ट नेपाल

 

 

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १ सय १५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३३ हजार ९८५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३४७ भने ७६१ जना आइसियुमा र १८१ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयको जनाएको छ। देशभर ३८१ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *