वुहानमा सम्पन्न भयो प्रदेशका सबै मानिसहरुमा कोरोना परीक्षण

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमण पुन देखिन थालेपछि चीनको वुहानले त्यहाँका स्थानीयहरु सबैमा कोरोना संक्रमण जाँच गरेको छ।
वुहानले सम्पूर्ण स्थानीयहरुको जाँच सकिसकेको छ।

त्यहाँका स्थानीय सरकारका अनुसार एक करोड १३ लाख मानिसहरुमा कोरोनाको परीक्षण गरिएको थियो।

परीक्षण ६ वर्ष मुनिका बालबालिका, गर्मी छुट्टीमा गएका विद्यार्थीहरु बाहेक सबैमा परीक्षण गरिएको थियो।

ती मध्य नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।
अगस्ट ७ मा वहानमा ६ नयाँ संक्रमित पुष्टि भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *