के बालबालिकाले मास्क लगाउन जरुरी छ?

हेल्थपोस्ट नेपाल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल मास्क अभियान गर्दै मानिसहरुलाई कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य रहेको भन्दै जनचेतना जगाइरहेको छ।

यस्तोमा बालबालिकाहरुमा पनि कोरोना संक्रमणको जोखिम रहेको हुँदा उनीहरुले मास्क लगाउनु पर्छ।
तर कतिपय अवस्थामा बालबालिकाहरुलाई मास्क लगाइदिनु उपयुक्त नहुन सक्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ वर्ष भन्दा मुनिको बालबालिकालाई मास्क नलागाइदिँँदा पनि हुन्छ भने सो भन्दा माथिल्लो उमेरका बालबालिकाहरुलाई अवस्था हेरेर लगाइदिन सकिन्छ।

कस्तो अवस्थामा बालबालिकालाई मास्क लगाउने त?

५ वर्ष र सो भन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः

सामान्यतया, ५ वर्ष र सो भन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।

६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउनेः

  • कोभिड–१९ समुदायमा व्यापक रुपमा फैलिएको छ भने
  • बालबालिकाले सुरक्षित रुपमा मास्क प्रयोग गर्न, धुन वा प्रतिस्थापन गर्न सक्छन् भने
  • बालबालिका हालसालै उच्च जोखिममा भएकाहरुको सम्पर्कमा पुगेका छन् भने

१२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउनेः

  • अपाङगता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने
  • दौडँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *