डब्लुएचओले सरकारलाई दियो १८ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड –१९ प्रतिकार्यका लागि नेपाललाई १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु हस्तान्तरण गरेको छ।

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकु अस्पतालमा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरेका हो।

डब्लुएचओले २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, छ लाख मास्क र पाँच लाख सर्जिकल ग्लब्ससहितका सामग्रीहरु प्रदान गरेको जनाएको छ।

उक्त स्वास्थ्य समग्रीहरु नेपालभरका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साताभित्र सुरु गर्ने बताएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *