नर्सिङका विद्यार्थीहरुलाई खोप लगाइदिन क्याम्पसहरुलाई नेपाल नर्सिङ संघको ध्यानाकर्षण
नेपाल नर्सिङ संघले विश्व विद्यालय तथा नर्सिङ क्याम्पसहरुलाई आफ्ना विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन ध्यानाकर्षण गराएको छ।
संघले ध्यानाकर्षण पत्र जारी गरी कोभिडको जोखिमबाट सुरक्षित गराउन सबै विद्यार्थीहरुलाई खोप लगाउन नर्सिङ क्याम्पसहरुको ध्यानाकर्षण गराएको हो।
कलेजहरुमा अध्ययनरत विद्यार्थीहरु स्वास्थ्य संस्था तथा अस्पतालहरुमा प्रयोगात्मक अभ्यासका लागि पठाइने र बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने हुँदा खोप लगाउन आवश्यक रहेको संघले जनाएको छ।