परीक्षणको क्षमता बढाउन संंसदीय समितिको स्वास्थ्य मन्त्रालयलाई निर्देशन

हेल्थपोस्ट नेपाल

संसदको राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा मूल्याङकन समितिले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण जोखिम नियन्त्रण, उपचार व्यवस्थापनबारे स्वास्थ्य सेवा विभागका पदाधिकारीसँग जानकारी लिएपछि समितिले खोपको अनियमितता भएको सम्बन्धमा आएका सूचनाका आधारमा छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन निर्देशन भएको सभापति निरादेवी जैरुले जानकारी दिएकी छन् ।

स्वास्थ्य सेवालाई सर्वशुलभ, समान पहुँच र सरल बनाउन जोड दिँदै बैठकले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको स्तरोन्नति गर्दै अघि बढ्न पनि समितिले निर्देशन दिएको छ ।

उक्त अवसरमा स्वास्थ्य विभागका तर्फबाट अबको पाँच महिनामा एक लाख ९३ हजार ८ ५६ नयाँ सङ्क्रमित थपिने सम्भावनाको आँकलन प्रस्तुत गरियो । त्यसमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा र नौ हजार ६९३ जनालाई सघन उपचार आवश्यक पर्ने सो अवसरमा जानकारी दिइएको छ ।

यसअघि बैठकमा स्वास्थ्य विभागका महानिर्देशक डा तारानाथ पोखरेल मुलुकका ९६ वटा पिसीआर केन्द्रबाट कूल जनसङ्ख्याको १३.५ प्रतिशत जनताको कोरोना परीक्षण भएको बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *