देशभर थपिए ३६५१ नयाँ संक्रमित, २२ को मृत्यु

हेल्थपोस्ट नेपाल

आज देशभर ३६५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २६०९ जना र एन्टिजेन परीक्षणबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १६ हजार ५९४ नमुना परीक्षण भएको छ, जसमा पीसीआर परीक्षण १० हजार ४४५ र एन्टिजेन परीक्षण

६ हजार १४९ जनामा परीक्षण गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १७८४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ७ लाख १७ हजार ४८६ जना र एन्टिजेन ६९ हजार ५२० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ११५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ ।

काठमाडांैमा ६२५, भक्तपुरमा १७० र ललितपुरमा १६५ संक्रमित थपिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *