यी हुन् यौनक्रियामा अधिक आनन्द लिन सकिने आसन

हेल्थपोस्ट नेपाल

मानिसको स्वभाव नै परिर्वतनशील हुन्छ । उसले फरक–फरक किसिमको आनन्द लिन खोज्छ । फरक यात्रा तथा अनुभव गर्न चाहन्छ । सम्भोगमा पनि यो लागू हुन्छ । सम्भोग कला हो । यसमा विभिन्न आसनको प्रयोग हुन्छ । केही आसन प्राकृतिक छन्। सम्भोगमा ९० भन्दा धेरै आसन छन्। केह‍ी यौन आसनकाे बारेमा तल चर्चा गरिएकाे छ।

– महिला पार्टनर खुट्टा फट्याएर सुत्ने र त्यसमाथि पुरुष खप्टिएर कायम गर्ने यौन आसन विश्वका अधिकांश ठाउँमा प्रचलनमा छ। तर, यही आसनमा महिलाले तिघ्रा जोड्ने तथा पुरुष माथि बसेर यौन कार्य राख्ने क्रममा भगांकुरमा बढी घर्षण उत्पन्न हुने हुनाले बढ्ता आनन्द आउने अनुमान छ।

– विशेषतः यौन सम्पर्कअघि प्राक्क्रीडाको क्रममा बाथरुम वा वासरुममा उठेरै यौन सम्पर्क कायम गर्न सकिन्छ। पार्टनरबीच उचाइ नमिलेको खण्डमा थप अप्ठ्यारो पर्न सक्छ। उठेर यौन सम्पर्क राख्ने क्रममा महिला पार्टनरले एउटा खुट्टा खुम्च्याएर अलि उठाउने वा हल्का अग्लो ठाउँमा टेकाउने हो भने यो आसन सहज हुन गई यौन आनन्द प्राप्त गर्न सकिन्छ।

– वीर्य स्खलन हुनै लाग्दा पुरुषले लिंग बाहिर निकाल्ने प्राकृतिक गर्भ निरोधका लागि उपयुक्त यो आसनमा महिला पार्टनर घोप्टो परी पुरुष पार्टनरले पछाडिबाट यौन सम्पर्क कायम गर्छ। यस क्रममा महिला पार्टनरले कम्मर बंग्याउने वा घुँडा टेकेर बस्न सक्छिन्। हतारमा यौनसम्पर्क राख्नुपर्दा वा यौन सम्पर्क कायम गर्न समय कम हुँदा बढी जसोले यो आसन अपनाउने गर्छन्।

– दुवै यौन जोडी उभिएर गर्ने यो यौन आसनलाई स्ट्यान्डिङ आसन पनि भनिन्छ । उभिएर यौन सम्पर्क गर्ने यो आसन जो बढी शक्तिशाली र सक्षम छ, उसले गर्छ । यौन क्रीडाका लागि युवा युवतीमा शक्तिको होडबाजी चल्दा पनि गरिन्छ । यो आसनमा यौन जोडीबीच शक्तिको होडबाजी चल्न सक्छ ।

– जाँघमा राखेर गर्ने यौन अभ्यास पनि निकै प्रचलित आसन हो । यसमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । शक्ति खर्चको हिसाबले पुरुषको शक्ति कम हुँदै जान्छ । महिलाको शक्तिमा भने धेरै परिवर्तन हुँदैन । यस आसनमा यौन जोडी बीचको यौन क्रीडामा पूर्णरुपमा सन्तुष्टि मिल्छ । यो आसनमा पुरुषले महिलालाई काखमा राखेर यौन सम्पर्क गरिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *