गठबन्धन सरकारको साझा कार्यक्रमः नेपालमै खोप उत्पादनमा पहल गर्ने, अस्पतालको भौतिक पूर्वाधार विकासलाई प्राथमिकता

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्यका कार्यक्रमलाई पनि विशेष महत्व दिँदै गठबन्धन सरकारका न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा साझा नीति तथा कार्यक्रम कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सावर्जनिक गरेका हुन्।

नीति तथा कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महामारीमा आगामी असोजसम्ममा एक तिहाइ र चैत मसान्तसम्ममा खोप लगाउन योग्य नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

यस्तै, नेपालमै खोप उत्पादन गर्न पहल गर्ने पनि उल्लेख गरिएको छ।

यस्तै, उपचारमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, एम्बुलेन्स, सफाइ मजदूर तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता तथा आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा सामग्री प्रदान गर्ने, कोभिड–१९ उपचार र रोकथामका लागि अस्पतालको भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिने पनि कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी, कोभिड–१९ को तेस्रो लहरको सम्भावनामा स्वास्थ्य सचेतना बढाउन आवश्यक जनशक्ति र गुणस्तरीय सामग्रीको व्यवस्था गर्ने, अक्सिजन र अन्य आवश्यक औषधि आपूर्ति सुनिश्चित गर्ने तथा स्वास्थ्य संस्थाहरुको क्षमतामा अभिवृद्धि गर्ने तथा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबीन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि न्यूनतम साझा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *