एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

सोही समयमा २ हजार ५४८ नयाँ संक्रिमत थपिएका छन्।

१२ हजार ३७८ नमुना परीक्षण गर्दा २ हजार २४८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ।

आइतबार ३५ हजार ४४५ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ३१ हजार ९६३ होम आइसोलेसन र ३ हजार ५२२ संस्थागत आइसोलेसनमा छन्।

आज देशभर ४७५ जना क्वारेन्टाइनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार देशका विभिन्न अस्पतालमा १८१ भेन्टिलेटर सहित ८०२ जना आइसियूमा उपचाररत छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *