कोरोना खोप लगाउँदा साइड इफेक्ट नदेखिए सुरक्षित भइन्छ?

हेल्थपोस्ट नेपाल

हालसम्म करोडौं मानिसले कोभिड–१९ विरुद्ध खोप लगाइसकेका छन्। खोप लगाउँदा कतिपय मानिसलाई साइड इफेक्ट–अन्य असर देखिन्छ भने कतिलाई केही पनि हुँदैन।

साइड इफेक्ट भए खोपले काम गर्ने र असर नदेखिए काम नगर्ने बुझाई जनमानसमा रहँदै आएको छ।

त्यस्तै, असरकै आधारमा सुरक्षा दिने वा नदिने भन्नेमा पनि केही मानिस अलमलमा छन्।

तर, कोरोना विरुद्धको खोपको साइड इफेक्ट र सुरक्षा सम्बन्धि कुनै सम्बन्ध नरहेको अध्ययन, अनुसन्धानले देखाएको छ।

विश्वभर झण्डै १३ प्रतिशत मानिसहरुले खोप लगाइसकेका छन्।

खोप लगाउँदा करोडौं मानिसहरुमा विभिन्न असरहरु देखिएको थियो, जस्तै, सुई लगाएको ठाउँमा सुन्निने, रातो हुने, दुखाई हुने देखिएको थियो। त्यस्तै, कतिपयलाई ज्वरो आउने, टाउको दुख्ने, थकाईं लाग्ने, पाखुरा दुख्ने, चिसो हुने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिएको थियो।

केही मानिसलाई भने कुनै पनि असर देखिएको थिएन।

के यसको मतलब उनीहरु सुरक्षित नभएका हुन् त?

सरुवा रोगका प्रफेसर विलियम स्काफर्नरल साइड इफेक्ट देखाउने र नदेखाउने दुवैलाई यसको आधारमा सुरक्षा दिने कुनै आधार नभएको बताउँछन्।

उनका अनुसार सुरक्षा र साइडइफेक्टको कुनै सम्बन्ध छैन। अनुसन्धानले फाइजर र मोर्डनाको खोप ९० प्रतिशत प्रभावकारी रहेको देखाएको छ। त्यसैगरी, पूर्ण खोप लगाएका १० प्रतिशत मानिसहरुलाई सुरक्षा प्रदान नगर्ने देखाएको छ।

प्रोफेसर स्काफनरका अनुसार क्यान्सर रोग तथा अन्य इम्युनो सप्रेसान्टको औषधी खाइरहेका व्यक्तिहरुलाई नकरात्मक असर गर्न सक्दछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *