स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तिरेनन् कर, महानगरपालिकाले दियो ३० दिनको अल्टिमेटम

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको पाइएको छ।

काठमाडौं महानगरपालिकाले एक सार्वजानिक सूचना जारी गर्दै घरजग्गा तथा सम्पति कर बुझाउन लागि करदातालाई आग्रह गरेको छ।

महानगरले कर नतिर्ने ५२ करदाताहरुको सूची आज प्रकाशित गरेको हो।

उक्त सूचीमा राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा छ।

महानगरले धेरै अघिदेखि कर उठाउन ताकेता गर्दासमेत असुल नभएपछि सार्वजनिक सूचना जारी गरेको हो। महानगरले उनीहरुलाई कर तिर्न ३० दिनको अल्टिमेटम दिएको छ।

राजस्व ऐनको दफा १२ बमोजिक कर दाताहरूको सेवा बन्द गर्ने, सम्पति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडी बढाउने समेत महानगरपालिकाले जनाएको छ।

केही समय अगाडी मात्रै श्रेष्ठले सरकारी सेवा–सुविधा नलिने घोषणा गरेका थिए। श्रेष्ठले सरकारी सेवामा रहँदा निजी व्यवसायबाट कानुनी रुपमा अलग रहने दाबी समेत गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *