कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन काठमाडौंमा १४४ केन्द्र तोकियो (सूचीसहित)

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ ।
एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ ।

जसका लागि काठमाडौं महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, तारेश्वर, दक्षिणकाली, टोखा, बुढानिकण्ठ, गोकर्णेश्वर, शंकापुर र कागेश्वर नगरपालिका र वडा कार्यालयबाट खोप लगाउन सकिनेछ।

त्यसैगरी, राधस्वामी आइसोलेसन सेन्टर, शस्स्त्र प्रहरी बल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसृती तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालबाट खोप लिन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

६५ बर्षभन्दा माथिका नागरिक र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएका मात्रै खोेप लगाउन सकिने कार्यालयले जनाएको छ।

खोप लगाउँदा जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा लैजानुपर्ने छ। त्यसका साथै विद्युर्तीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर चाहिने लैजानुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *