मैले कोरोना खोप पनि लगाइसकेँ, के अझै मास्कको प्रयोग गर्नुपर्छ?
पर्छ। तपाईं आफू स्वस्थ महसुस गर्न हुन्छ भने पनि तपाईंमा भाइरस हुनसक्छ। खोप लगाएका व्यक्तिहरूलाई गम्भीर बिरामी हुने जोखिम कम भए पनि संक्रमण हुने जोखिम भने रहिरहन्छ।
लक्षण नदेखिएका व्यक्तिहरूले पनि अर्को व्यक्तिलाई संक्रमित बनाउन सक्ने भएकाले थाहै नपाई तपाईंले आफ्ना प्रियजनहरू माझ संक्रमण फैलाइरहनु भएको पनि हुनसक्छ। त्यसैले जहिले पनि नाक,मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ।
यसो गर्नाले आफू पनि सुरक्षित भइन्छ र अरूलाई पनि सुरक्षित राख्न सकिन्छ।
स्वास्थ्य मन्त्रालय