हेटौँडा अस्पतालका चिकित्सकमाथि यौन दुर्व्यवहार, सञ्चालक समिति सदस्य पक्राउ

हेल्थपोस्ट नेपाल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा कार्यरत महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अस्पतालका एक कर्मचारी प्रकाउ परेका छन्।

हेटौँडा अस्पताल सञ्चालक समिति सदस्य हिरा वाइवामाथि महिला चिकित्सकलाई वनभोज गएका बेला यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

१६ साउनमा भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले वनभोज कार्यक्रम राखेको थियो । वनभोजमा मादक पदार्थ सेवन गरेर वाइवाले महिला चिकित्सकमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरी दिएको करिब ६ दिनपछि अस्पताल सञ्चालक समिति सदस्य वाइवा शुक्रबार (हिजो) पक्राउ परेका हुन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वाइवा पक्राउ परेको जानकारी दिए ।

‘उजुरीको आधारमा उहाँलाई प्रक्राउ गरेका हौ। हामीले अनुसन्धान गरिहेका छौं। दोषी देखि कारबार्ही हुन्छ,’ पाण्डेले भने।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *