कोभिसिल्ड खोप लगाएका नागरिकलाई साेमबारदेखि दोस्रो मात्रा दिइने, यी हुन् खोप केन्द्र ?

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य कार्यलय काठमाडौंले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागगरिकलाई एस्ट्राजेनका खोप दिने भएको छ।

कार्यालयका प्रमुख बद्रि बहादुर खड्का अनुसार एस्ट्राजेनका खोप कार्यक्रम  साउन २५ र २६ सम्म चल्ने छ।

हाल भेरोसेलको खोप दोस्रो मात्राको अभियान सुरू भइरहेको छ। उक्त खोपकेन्द्रमा लक्षित समूहलाई एस्ट्राजेनका खोप लगाउन कार्यलयले महानगरपालिका तथा नगरपालिकालाई निर्देशन दिएको छ।

एस्ट्राजेनका खोप काठमाडौं महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, तारेश्वर, दक्षिणकाली, टोखा, बुढानिकण्ठ, गोकर्णेश्वर, शंकापुर र कागेश्वर नगरपालिकाबाट खोप लगाउन सकिनेछ।

त्यसैगरी, कार्यालयका अनुसार राधस्वामी आइसोलेसन सेन्टर, शस्स्त्र प्रहरी बल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसृती तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालबाट खोप लिन सकिने छ।

६५ बर्षभन्दा माथिका नागरिक र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएका मात्रै खोेप लगाउन सकिने कार्यालयले जनाएको छ।

खोप लगाउँदा जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा लैजानुपर्ने छ। त्यसका साथै विद्युर्तीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर चाहिने खड्काले जानकारी दिए।

शुक्रबार भुटान सरकारले २ लाख ३० हजार एस्ट्राजेनका डोज नेपाललाई उपलब्ध गराएको थियो । त्यसैगरी जापन सरकारले एस्ट्राजेनकाको १६ लाख डोज सहयोग गर्ने घोषणा गरेको छ।

शनिबार बिहान ५ लाख १३ हजार डोज नेपाललाई उपलब्ध भएको छ। सो खोप क्रमश आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले एस्ट्राजेनकाका खोप प्राप्त गरेसँगै प्रदेशहरूलाई पहिलो प्राथमिकता दिएको छ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतबाट खरिदको खोप उपलब्ध नभएपछि उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ४३ लाख ५९ भन्दा बढीले पहिलो मात्रा र २१ लाख ३० हजार भन्दा बढीले पूर्ण खोप पाइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *