२४ घण्टामा थपिए ३७२९ संक्रमित, २५ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ३७२९ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१८२ जनामा एन्टिजेन र ९४९३ जनामा पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ संक्रमित थपिएका छन्।

शुक्रबार २५ जनाको मृत्यु भएको छ। देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।

त्यस्तै, १६६५ संक्रमित निको भई डिस्चार्ज भएका छन्। हाल देशभर ३४ हजार ९ सय ४२ संक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *