भुटानबाट आइपुग्यो अष्ट्राजेनेका खोप
भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको विमान विहान आइपुगेको हो।
भुटानबाट आएको ३ लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ।
कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।
यो खोप कोभिसिल्डको पहिलो डोज लगाएका समूहलाई लगाइने बताइएको छ।
भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि उब्रिएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको हो।
बाँकी रहेका खोप रहिरहे म्याद सकिने भएका कारण भुटानले कोभ्याक्स फेसिलिटि मार्फत नेपाललाई दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।