रोग भगाउन मनाइन्छ गथांमुगः चर्हे
भक्तपुरका टोलटोलमा आज घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदै छ। यसलाई स्थानीय नेवारहरु गथांमुगः च¥हे भन्दछन् ।
टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलो लगायतले गथांमुगको साँंझ दाहसंस्कार गरी पर्व मनाइने चलन छ ।
यस क्रममा टोलटोलमा गरी एक सय भन्दा वढी गथांमुगको दाहसंस्कार गरिन्छ।
टोलटोलमा स्थानी स्तरमा नर्कट, छ्वाली, परालको संकलन गरी तीनखुटे गथांमुग बनाइन्छ । साथै घरमा फाल्नुपर्ने पुरानो नाङलोमा मुख, नाक, कान लगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाइको दिइएको हुन्छ।
टोलबासी मिलेर साँंझ टोलटोलमा गथांमुग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लाने गर्दछन्।
सहभागी बाँंकी सयौंले छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी हुन्छन्। टोलटोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोवाटो, चौबाटोमा जलाइन्छ।
इतिहास एवं संस्कृतिविद् ओम धौभडेलका अनुसार यो पर्वसँंग वैज्ञानिक कारण पनि जोडिएको सुनाउँंछन्। रोपाईपछि
झारका कारण वढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँंग जोडिएको उनी तर्क राख्छन्। जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनी बताउँंछन्।
दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन अहिले पनि छ।
फर्केपछि दाहसंस्कारमा सहभागी फर्केर आआफनो घरमा छ्वाली बालेर धुवाले घरलाई सेक्ने चलन छ।
साथै आआफनो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हेबजी (भोज) खाने चलन छ।
पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुघर गर्ने प्रचलन रहिआएको छ।