१५ बरिष्ठ चिकित्सक महिलालाई ‘उमन इन मेडिसिन नेपाल’ अवार्ड (नामावलीसहित)

हेल्थपोस्ट नेपाल

चिकित्सा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको १५ वरिष्ठ महिला चिकित्सकलाई नेपाल चिकित्सक संघ ( एनएमएले) विशेष सम्मान गर्ने भएको छ।

नेपाल चिकित्सक संघले  ‘वमेन इन मेडिसिन इन नेपाल २०२१’ अवार्ड मार्फत सम्मान गर्न लागेकाे हाे।

जसका लागि शुक्रबार राष्ट्रपति कार्यलयमा दिउँसो १ : ३० समय तय गरिएकाे छ।

नेपालको चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा काम गरिएको वरिष्ठ महिला डाक्टर सम्मान गर्ने कार्यक्रम रहेको संघका महासचिव डा. बद्रि रिजालले जानकारी दिए।

‘चिकित्सा क्षेत्रमा विभिन्न पदमा रही उहाँको विशेष योगदान दिनुभएको छ,’ डा. रिजालले भने, ‘ हामीले करिब एक दर्जनभन्दा बढी चिकित्सकलाई विशेष सम्मान गर्दै छौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त चिकित्सकलाई सम्मान गर्ने कार्यक्रम रहेको डा. रिजालले जानकारी दिए।

यि हुन् सम्मानित हुने १५ महिला चिकित्सक?

१. डा. दिव्या श्री मल्ल
२. डा. रिता थापा
३. डा. सरस्वती पाध्ये
४. डा. सुधा शर्मा
५. डा. किरण रेग्मी
६. डा. राधा शाह
७. डा. आशा सिँह
८. डा. कुशुम थापा
९. डा. सगिंता भण्डारी
१०. डा. दिव्या सि‌ह शाह
११. डा. चन्दा कार्की
१२. डा. सानु माया दली
१३. डा. अचला वैध
१४. डा. तारा मानन्धर
१५. डा. सुधा अग्रवाल

 

 



2 thoughts on “१५ बरिष्ठ चिकित्सक महिलालाई ‘उमन इन मेडिसिन नेपाल’ अवार्ड (नामावलीसहित)

  1. Sponsor garna milcha bhanye Maile bhnaya name pani add garnu kharcha Dina tayar chu .. asha Singh dibya singh Sangita singh bhanda Napali swastha sewa ma yogdan dherai ko chutya cha .. jasle initiate garya bhye pani chakari garya jasto feel bhayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *