
नेपालमा २४ घण्टामा ३ हजार ९ सय ३८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ हजार ५ सय ३८ जनाको एन्टिजेन र ११ हजार ८ सय ७० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा संक्रमितको कूल संख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको छ।
संक्रमितमध्ये काठमाडौंमा ७ सय ६६, ललितपुरमा १ सय ७३ र भक्तपुरमा १ सय ४६ रहेका छन्।
यस्तै, यो अवधिमा २ हजार १२ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ रहेको छ। निको हुने दर ९३.७ प्रतिशत रहेको छ।
२४ घण्टामा ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ रहेको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ पुगेको छ।