साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमण बढीरहेको अवस्थामा सरकारले ‘खोप सप्ताह’ मनाउने तयारी गरेको छ । सरकारले यहि साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने तयारी गरेको हो।

बिहिबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्ने क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिए ।

खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोनाविरुद्धको खोप लाइने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन्। उक्त खोप शनिबार र आइतबार आउँदै छ ।

त्यस्तै, सरकारले बालबालिकाको लागि ६० लाख डोज फाइजरको खोप ल्याउने तयारी गरेको छ ।

आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *