आजदेखि क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने, कसरी लिने सेवा ?

हेल्थपोस्ट नेपाल

सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य सेवा विभागले आजदेखि क्यूआर कोड सहितको विद्युतीय खोप पमाणपत्र उपलब्ध गराउन सुरु गरेको छ।

जसका लागि अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कागजात अपलोड गर्नु पर्नेछ ।

त्यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोष्ट रजिष्ट्रेशन गर्न सकिन्छ।

अनलाइन पोष्ट रजिष्ट्रेशन गर्न असमर्थ व्यक्तिहरुले साउन २१ र २२ गते (आज र भोली) बिहान १० बजेदेखि ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भई लिन सकिन्छ।

त्यसका लागि निम्न कागजात आवश्यक पर्छः

सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छाया कपी, खोप कार्डको छाया कापी, कबुलियतनामा https://vaccine.mohp.gov.np/public-request-form  यो अनलाइनबाट डाउनलोड गर्न सकिने छ भने फारम भर्ने स्थानमा पनि उपलब्ध हुनेछ ।

३ दिनभित्र विदेश जाने व्यक्तिहरुका लागि

–भिसाको फोटोकपी

– टिकटको फोटो कपी

यसैबीच, कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको छ।

त्यसका थप जानकारी चाहिएमा स्वास्थ्य सेवा विभागले दिपक झालाई ९८४३२८४३५ मा सम्पर्क गर्न सकिने समेत जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *