कोभिसिल्डको दोस्रो मात्रा मगंलबारबाट सुरू गरिने

हेल्थपोस्ट नेपाल

जापान सरकारले उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं ल्याइने भएको छ।

आज (बिहीबार) र शुक्रबार जापानबाट ती खोप ढुवानी हुने जापानी राजदूतावासले जनाएको छ।

बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापानमा निर्मित एस्ट्राजेनेकाको खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गरेका छन्।

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप आएको तीन दिनभित्रमै खोप कार्यक्रम सुरू गरिनेछ।

एस्ट्राजेनेका खोप यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले ‘कोभिसिल्ड’ पहिलो मात्रा लगाएका नागरिक लागि लगाउन सकिनेछ ।

पहिलो मात्रा कोल्भिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार व्यक्तिलाई दोस्रो मात्रा दिन बाँकी छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *