स्तनपानले शिशुलाई मात्र नभई आमालाई पनि हुन्छ यस्ता फाइदा

हेल्थपोस्ट नेपाल

हरेक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म वल्र्ड बे्रस्टफिडिङ वीक मनाइन्छ।

यो १२० वटा देशमा मनाइन्छ। बच्चाको स्वास्थ्य राम्रो बनाउन र बच्चालाई दुध खुवाउन प्रेरित गर्न स्तनपान हप्ता मनाइन्छ।

आमाको दुध बच्चालाई अमृतः

शिशुको विकासका लागि आमाको दुध एकदमै महत्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार दुध बच्चाको लागि सबै खानेकुरा हो, जुन बच्चाको शरीरिक तथा मानसिक विकासका लागि चाहिने पोषण प्राप्त हुन्छ।

बच्चाहरुका लागि दुध अमृत सरह हुने भएकाले खोपको जस्तै काम गर्दछ। बच्चाहरुलाई रोगसँग लड्न र कयौं रोगहरुबाट बचाउँछ।

बच्चाहरुको इम्युनिटि बढाउने, मृत्युदर कम गर्ने, रेस्पिरेटरी ट्रयाक संक्रमण, डायबिटिज, एलर्जी तथा ल्युकेमियाको संक्रमणको खतराबाट पनि बचाउँछ।

स्तनपान गराउँदा आमालाई फाइदाः

स्तनपान गराउँदा आमालाई स्तन क्यान्सर , प्रि–मेनोपोज, ओभेरियन क्यान्सर, डाइबिटिज, हाइपरटेन्सन र पोस्पार्टम डिप्रशनको खतराबाट बचाउन मद्धत गर्दछ।

स्तनपानले गर्भशायलाई पहिलेकै स्वरुपमा ल्याउन र प्लेसेंटा पनि सजिलै निस्कन मद्धत गर्दछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *