एमबिबिएससहित स्नातक तह प्रवेश परीक्षाको नतिजा बिहीबार

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षाको स्नातक तह (ब्याचलर) को प्रवेश परीक्षाको नतिजा बिहिबार प्रकाशन गर्ने तयारी गरिएको छ।

चिकित्सा शिक्षा आयोगका अनुसार एमबिबिएस तथा चिकित्सा शिक्षाका अन्य विषयहरुको प्रवेश परीक्षा प्रकाशनको सम्पूर्ण तयारी सकिसकेको छ।

आयोगका अनुसार बिहिबार सम्पूर्ण नतिजा ट्याली गरेर बेलुकासम्म वा शुक्रबार बिहानसम्म नतिजा प्रकाशन गर्ने तयारी भएको छ।

‘केही समयअगाडी नै नतिजा प्रकाशित हुनुपर्ने थियो। तर मन्त्रीपरिषदमा चिकित्सा शिक्षा नियमावलीको संसोधान विचाराधीनमा रहेकोले ढिलाई भएको हो,’ श्रोतले बताए।

सोमबार बसेको मन्त्रीपरिषद्ले चिकित्सा शिक्षा नियमावलीको संसोधान पास गरेको छ।

संसोधनमा सरकारी छात्रवृत्तिमा नयाँ प्रतिशत दर कायम गरेको छ।

प्रवेश परीक्षाको नतिजा प्रकाशसँगै नियमावली अनुसारकै नयाँ प्रतिशत दर कार्यान्वयनमा आउनेछ।

एक वर्ष अगाडि नै संचालन हुनुपर्ने प्रवेश परीक्षा गत साउन ९ गते संचालन गरिएको थियो।

विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षा दिएका थिए।

 

 

 



2 thoughts on “एमबिबिएससहित स्नातक तह प्रवेश परीक्षाको नतिजा बिहीबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *