कोभिडसिल खोप उपलब्ध गराउन जनस्वास्थ्य संघले सेरमलाई लेख्यो पत्र

हेल्थपोस्ट नेपाल

भारतको सेरम इन्सिच्युट खोप उत्पादक कम्पनीलाई पत्राचार गर्दै कोभिडसिल खोप उपलब्ध गराउन नेपाल जनस्वास्थ्य संघले आग्रह गरेको छ।

भारतले अनुदानमा दिएको कोभिडसिल र नेपालले खरिद गरेको खोप झण्डै १६ लाख नेपालीले लगाएका थिए।

४ लाख स्वास्थकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुले मात्र दोस्रो मात्रा खोप लगाउन पाए भने बाँकी १३ लाख जेष्ठ नागरिकहरुले पहिलो मात्रा खोप मात्र लगाएका छन्।

कोरोना महामारीले झनै आक्रान्त बनाइरहेको समयमा खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई झनै मार पर्ने भन्दै संघले खोप प्रदान गर्न भनेको छ।

त्यस्तै, नेपाललाई उचित मूल्यमा खोप उपलब्ध गराउन भन्दै पत्राचार गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *