बढ्दै कोरोना संक्रमणः ४१०४ संक्रमित थपिए, ३५ को मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा देशभर ४१०४ जनामा संक्रमण पुष्टि भएको छ।

११३५४ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २९७५ जनामा र ४९४४ जनामा एन्टिजेन परीक्षण गर्दा ११३२ मा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घण्टामा १५३५ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ। जसअनुसार भक्तपुरमा २०६, ललितपुरमा १६५ र काठमाडौंमा ९०८ जनागरी १२७९ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षण गरेको नमुनामध्ये २६ प्रतिशत व्यक्तिहरुमा संक्रमण देखिएको छ। संक्रमणदर सबैभन्दा बढी कर्णालीमा ५७.३ प्रतिशत छ। यस्तै, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *