झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण

हेल्थपोस्ट नेपाल

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।

खनालको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा बुधबार सफल प्रत्यारोपण गरिएको हो। उनको केही समयदेखि सो अस्पतालमा उपचार जारी थियो।

डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो। उनी केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *