काठमाडौं क्यान्सर सेन्टरले पहिलो पटक शुरु गर्यो थाइराइड क्यान्सरको शल्यक्रिया

हेल्थपोस्ट नेपाल

भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा शल्यक्रिया (सर्जरी) सेवा सुरु भएको छ। सेन्टरमा मंगलबार पहिलो पटक थाइराइड क्यान्सर भएका बिरामीको सफल शल्यक्रिया भएको छ।

अस्पतालमा ४८ वर्षीय एक पुरुषको थाइराइड क्यान्सरको सल्यक्रिया नाक, कान र घाँटी अंकोसर्जन डा.रिजेन्द्र योगलको टीमले गरेको हो।

सर्जरी सेवाको विस्तारसँगै अस्पतालमा अब क्यान्सरका बिरामीले रेडिएसन र केमोथेरापीसँगै शल्यक्रिया सेवा पनि पाउने भएका छन्।

उपचारका लागि आउने बिरामीलाई आवश्यक पर्ने सबै सेवा उपलब्ध गराउन सेवा विस्तार गरिएको सेन्टरका अध्यक्ष डा अञ्जनी कुमार झाले जानकारी दिए।
उनका अनुसार सेन्टरले बिरामीको सहज र सुविधायुक्त सेवालाई ख्याल राख्दै सेवा थप गर्दै लगिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *