विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संघर्ष समिति र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

हेल्थपोस्ट नेपाल

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकार र संयुक्त संघर्ष समितिबीच सहमति बनेको छ। छ बुँदे सहमतिसँगै आजदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका समितिले जनाएको छ।

दुवै पक्षबीच आज बिहान भएको छलफल सहमतिमा पुगेको हो। संघर्ष समितिले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई ७२ घन्टे अल्टिमेटम दिएको थियो।

सरकारी वार्ता टोली र आन्दोलनकारीबीच प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाउने, प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरुलाई आधार मानेर मापदण्ड तय गर्ने, प्रतिष्ठानमा भएका अनियमितता र त्यसबारे अख्तियारमा परेको उजुरीको छानबनि छिटो फर्स्यौट गर्न स्वास्थ्य मन्त्रालयले अख्तियारसँग समन्वय गर्ने, प्रतिष्ठानमा भएका अनियमितता अध्ययन गर्न उच्चस्तरीय छानबनि समिति सिनेटमार्फत् गठन गर्ने र बुधबारदेखि ठप्प पार्ने घोषणा भएको नियमित काममा चिकित्सकहरू सहभागी हुने उल्लेख छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *