१६ करोडको औषधीले पनि बचाउन सकेन १३ महिने बालिकालाई

हेल्थपोस्ट नेपाल

विश्वभरका मनकारी हातहरुको साथ र सहयोग थियो बेदिका शैरभ सिन्धेमा।

१३ महिने बेदिकाको उपचारका लागि विश्वभरका सहयोगीहरुले १६ करोड रकम संकलन गरेका थिए।

एउटा औषधीकै त्यती रकम पर्ने भएका कारण बेदिकाका आमाबुबाले सहयोगको अपिल गरेका थिए।

तर बिडम्बना, औषधी चढाएको साढे एक महिना नबित्दै उनको मृत्यु भएको छ।

उनको यही आइतबार साँझ दिनानाथ मंगेश्कर अस्पतालमा निधन भएको हो।

आमाबुबासँग खेल्दै गरेकी बच्चीलाई अचानक साँस फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो। अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको निधन भएको हो।

भारतका बेदिकालाई ‘स्पाइनल मस्कुलर अट्रोपी’ नामक दुर्लभ रोग लगेको थियो।

जन्मिदैं एउटा जीनको कमी भएका कारण उनको उमेर बढेसँगै हात खुट्टाहरु कम्जोर हुँदै गएको थियो।
जन्मेको चार महिना पछि उनमा यस्तो रोग भएको पत्ता लागेको थियो।

यस रोगका कारण उनले आफ्नो टाउको आफैले उचाल्ने तथा अड्याउन नसक्ने अवस्थामा थिइन्।

उनलाई खोप दिएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो।

बेदिकाका बुवा सौरभ सिन्धेले उनले स्वास्थ्यमा सुधार आएको र गत महिना बेदिकाको जन्मदिवस पनि मनाएको बताए। खोप लगाएपछि तीन महिनासम्म उनको बढि ध्यान दिनुपर्ने चिकित्सकले सल्लाह दिएको बताए।

खोपका लागि विभिन्न माध्यमबाट १६ करोड जुटाइएको थियो।

भारतमा १७ जना बालबालिकाहरुलाई यो खोप दिइएको थियो, जसमा बेदिका दोस्रो संख्यामा पर्दछिन्। पहिलो खोप लगाउनेमा भने स्वास्थ्यमा सुधार आइरहेको छ।

स्पाइनल मस्कुलर अट्रोपी हरेक चार देखि पाँच हजार बालबालिकाहरु मध्य एक जनामा देखिने गर्दछ।

यो रोगको उपचार एकदमै महँगो रहेको र अमेरिकामा मात्र उपलब्ध रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *