
वीर अस्पतालमा नवनियुक्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले पदबहाली गरेका छन्। जागेश्वर गौतमको सरुवापछि डा बस्नेतलाई स्वास्थ्य मन्त्रालयले बस्नेतलाई नियुक्त गरेको हो।
डा बस्नेतले अस्पताल संचालनमा थुप्रै चुनौती रहेको भन्दै सबैभन्दा पहिले कोरोनाको युद्धलाई लड्न कार्ययोजना तयार पार्ने बताए।
‘सबैभन्दा पहिले कोरोनाको युद्धबाट बँच्न तयारी गर्नुछ। त्यसबाहेक नियमित उपचार तथा स्वास्थ्य सेवालाई पनि प्राथमिकताका साथ सञ्चालन गर्नुछ,’ उनले भने।
वीर अस्पताल सुपरस्पेसियालिटी अस्पताल भएका कारण अस्पतालमा आएका व्यक्तिहरुलाई सम्पूर्ण विशेषज्ञता उपचार उपलब्ध गराउने योजना रहेको उनले बताए।