उपत्यकाको निषेधाज्ञा ७ दिन थप

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ७ दिन थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा साउन २१ देखि २७ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

निषेधाज्ञामा शैक्षिक संस्था सञ्चालन तथा धार्मिक गतिविधिमा निषेध कायमै राखिएको छ। विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाउने र पुजारीबाट नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाउनेछैन।

यस्तै, खुलास्थानमा जम्मा हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोजभतेर पाइनेछैन। यस व्यवस्थालाई थप कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ।

 

पार्टी प्यालेस, सिनेमा हल, रेस्टुँरा, डान्सबार, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालनमा पनि रोक लगाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *