३३८३ जनामा संक्रमण पुष्टि, २४ को मृत्यु
२४ घण्टामा नेपालमा ३ हजार ३ सय ८३ कोरोना संक्रमित थपिएका छन्। १० हजार ६ सय ३८ जनाको पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौंमा ६ सय १३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ संक्रमित छन्।
यस्तै, २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ भने मृत्युदर १.५प्रतिशत रहेको छ।
यस्तै, मंगलबार संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ९४ छ। नेपालमा हालसम्म ६ लाख ६० हजार १ सय १६ जना संक्रमणमुक्त भइसकेका छन्।
सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ। जसमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा, ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा, ३ सय ७१ जना क्वारेन्टाइनमा छन्। यस्तै, ६८६ जना आइसीयुमा र १६२ जना भेन्टिलेटरमा छन्।