स्वास्थ्य मन्त्रालयको निर्देशन – खोप केन्द्रबाट संक्रमणको फैलियो , केन्द्र व्यवस्थित बनाऊ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।
कोभिड –१९ खोप सचिवालयको श्रावण १८ बैठकले खोप अभियानलाई प्रभावकारी बनाउनका ९ बुदेँ निर्णय गरेको छ।
सो निर्णय कार्यान्वयनका लागि सातै प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन समेत दिएको छ।
खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन समेत दिएको छ ।
तत्कालिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सबै स्वास्थ्य कार्यालयले सम्पर्क व्यक्ति तोक्न निर्देशन समेत दिएका छन्।
कोभिड खोप लगाउने व्यक्तिले मन्त्रालयको अनलाइन रजिष्ट्रेशन प्रणालीमा प्रि–रजिष्ट्रेसन गर्न र यसअघि खोप लगाएका व्यक्तिले पनि पोस्ट रजिष्ट्रेशन गराउने व्यवस्था मिलाउन समेत विभागले भनेको छ ।
कोभिड –१९ खोप अभियान सञ्चालन हुने मिति, स्थान लक्षित समूह एवम् खोपको प्रयोग बारे सर्वसाधारणलाई जानकारी हुने गरी विभिन्न सञ्चार माध्यमबाट व्यापक प्रसार गर्ने विभागले निर्देशन दिएको छ।