स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा जिम्मेवारी दिएको छ।
प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले डा. बिच्छालाई विभागको जिम्मेवारी दिएका छन्।
हाल विभागको जिम्मेवारी समालेका डा. दिपेन्द्रमरण सिंहलाई भने मन्त्रालय तानिएको छ।
‘डा. बिच्छालाई महानिर्देशको जिम्मेवारी दिइसको छ। पत्र बनाइरहेका छौं,’ मन्त्रालयको उच्च स्रोतले भन्यो।
बाल रोग विशेषज्ञ डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।
त्यसैगरी, सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरी डा. भुपेन्द्र बस्नेतलाई जिम्मेवारी दिइएको छ।
डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेको छ।