डा. जागेश्वर गौतमले भने– स्वास्थ्यकर्मी माथि भएको घटनाप्रति दुखी छु, अब यस्तो हुँदैन

हेल्थपोस्ट नेपाल

 

तत्कालीन कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालका  (वीर) प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले आइतबार स्वास्थ्यकर्मी माथि भएको घटना प्रति दुख व्यक्त गरेका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति जारी छलफलका क्रममा केही कर्मचारी साथीहरुबीच ठेलम ठेलका कारण स्थिति असहज हुन पुगेपछि प्रहरी प्रशासनको सहयोग लिन परेको डा. गौतमले जनाएका छन्।

आइतबार स्वास्थ्यकर्मी ८ महिनादेखि सेवा–सुविधाबाट नपाएको भन्दै डा. गौतमको कार्यकक्षमा वार्ताको लागि गएका थिए।

वार्ताको क्रममा असह अवस्था आएपछि प्रहरी बोलाउनु परेको डा. गौतमले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

डा. गौतमले व्यवस्थापन र कर्मचारीबीच बैमनस्यताको वातावरण सिर्जना भएकोमा दुख प्रकट गर्दै आगामी दिनमा सबै प्रकारको सबै समस्या छलफल र संवादबाट नै गरिने बताए।

‘आइतबार छलफलमा केही कर्मचारी साथीहरूले ठेलम ठेल गरी असहज परिस्थितिको सृजना भई शान्ति सुरक्षा कायम गर्न प्रहरी बोलाएको हुँ,’ डा. गौतमले भने, ‘प्रहरी प्रशासनको सहयोग लिनु परेको अवस्थाले गर्दा व्यवस्थापन र कर्मचारी बीच बैमनस्यताको वातावरण सृजना भएको दुखी छु। आगामी दिनमा सबै प्रकारका समस्याहरू समधान सौहर्दपूर्ण वातावरणमा आपसी छलफल र संवादबाट गरिने छ।’

प्रहरीको लार्ठीचार्जबाट आइतबार ४ जना स्वास्थ्यकर्मी घाइते भएका थिए।

डा. गौतमले कोभिड महामारीको कारण अस्पतालको आम्दानीमा ह्रास आएता पनि कर्मचारीको तर्फबाट सेवा सुविधामा कुनै कमि नभएको भन्दै खाईपाई आएको सुविधा प्राप्त गर्ने विषयमा कामहरु अघि बढि बताए।

मंगलबार प्रधानमन्त्री एवंम स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी हटाएर डा. भुपेन्द्र बस्नेतलाई जिम्मेवारी दिएका छन्।

डा. गौतमलाई प्रसुती गृहमा सरूवा गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *