वीरको प्रमुखमा डा. भुपेन्द्र बस्नेत, विभागको महानिर्देशकमा डा. बिच्छालाई ल्याउने तयारी

हेल्थपोस्ट नेपाल

सरकारले डा. भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा नियुक्त गरेको छ।

मगंलबार प्रधानमन्त्री एवमं स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले डा. बस्नेतलाई वीरको जिम्मेवारी दिएका हुन्।

सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले वीरका प्रमुख डा. जागेश्वर गौतमलाई हटाएर डा. रुद्र मिरासनीलाई जिम्मेवारी दिने निर्णय गरेका थिए।

तर, प्रधानमन्त्रीले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएका थिए।

डा. बस्नेतलाई मन्त्रालयले पत्र बुझ्न बोलाइसकेको छ।

‘सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुखको जिम्मेवारी दिएको छ,’ डा. बस्नेतले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ पत्र बुझ्न मन्त्रालयल जाँदै छु।’

उनले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखी काम गर्ने बताए। यसभन्दा अगाडी डा. बस्नेतलले वीरको निर्देशक जिम्मेवारी समालिसकेको छन्।

यसैबीच, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई ल्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। बालरोग विशेषज्ञ डा. बिच्छा कान्ती बाल अस्पतालमा निर्देशककाे रुपमा कार्यरत छन्।

हाल विभागको महानिर्देशकमा डा. दीपेन्द्र रमण सिँह छन्। उनलाई स्वास्थ्य मन्त्रालय तान्ने तयारी भएको स्रोतले जनाएको छ।  सो निर्णयको लागि देउवाले राज्यमन्त्री श्रेष्ठ र सचिव डा. रोसन पोखरेललाई बालुवाटारमा बोलाइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *