सबै नागरिकले खोप पाउने पहिलो जिल्ला मनाङ

हेल्थपोस्ट नेपाल

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

मनाङमा १८ वर्षभन्दा माथिका चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन्। जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन्।

कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको कार्यलयले जनाएको छ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो । तर, विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको कार्यालयले जनाएकाे छ।

मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *