डब्लुएचओले ल्यायो दुई हजार थान अक्सिजन कन्सन्ट्रेटर

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा ल्याइएको दुई हजार थान अक्सिजन कन्सन्ट्रेटर सोमबार नेपाल आइपुगेको छ।

डब्लुएचओ नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने जनाएको छ।

यसले कोरोना संक्रमणमा उपचार सेवालाई अझ थप सबल बनाउन सहयोग गर्ने डब्लुएचओले जनाएको छ। कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको कमीले कैयौं मानिसको ज्यान गएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *