स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेक कुमार लाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. विवेक कुमार लाल नियुक्त भएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा. लाललाई सो पदमा नियुक्त गरेको हो।
गत जेठ १० गते देखि मन्त्रालयको सो महाशाखा प्रमुखको पद रिक्त थियो।
डा कर्ण यसअघि सार्क क्षयरोग केन्द्रमा थिए।
क्षयरोग केन्द्रमा रिता जोशीलाई जिमेवारी दिइएकाे छ । यसअघि कर्णाली प्रदेश निर्देशनालय रहेकी उनी ११ महिनादेखि मन्त्रालयमा जगेडा थिइन् । यस्तै, सोमबार नै
कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको पनि नेतृत्व परिवर्तन गरिएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको प्रसुति गृहमा सरुवामा गरिएको छ । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारी बनाइएको छ ।